कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ। आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो।

आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिनुभएको थियो ।

जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताउनु भयो ।

महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताउनु भयो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?