भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ : डा‍. कोईराला

फाइल तस्बिर

Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा‍ शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताउनुभएको हो । उहाँले जता हे-यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताउनु भयो ।

उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताउनु भयो । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताउनु भयो । उहाँले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भिर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जताहे¥यो, जसरी हे¥यो, जहाँ हे¥यो त्यहीँ भ्रष्टाचार देखिन्छ । यो केन्द्रिय समिति पछिको नेपाली काँग्रेस भ्रष्टाचारमा शुन्य सहनशिलताको हिसावले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ भन्नेकुरा तपाईहरुलाई भन्न चाहन्छु । दण्डहिनताको अन्त्य हामीले सकिराखेका छैनौँ । राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको छ । हुँदाहुँदा कानून नै हामीहरु यस्तो बनाउन खोज्दैछौँ, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु । भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली काँग्रेस यो केन्द्रिय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौँ भन्नेकुरा तपाईहरुको माझ राख्न चाहन्छु ।’

उहाँले काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?