मोटरसाइकल दुर्घटनामा अनुसन्धानका प्रहरी निरीक्षकको ज्यान गयो

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका-९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति राष्ट्रिय अनुसन्धानका (इन्स्पेक्टर) को ज्यान गएको छ ।

मलंगवाबाट घरतर्फ फर्किदै गर्दा बागमती प्रदेश ०२-०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर २९ वर्षीय वसन्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका-६, बयलवास बजार निवासी साह फूलजोर-त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?