माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूकाे बैठक फेरि बस्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ ।

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले  जानकारी दिनुभयाे ।

पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठकमा छलफल गर्ने उहाँले बताउनुभयाे  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?