नेपाल सुन तस्करीको ट्रान्जिट बन्यो, तस्करीका नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकारलाई सुझाव दिनुभयो ।

भ्रष्टाचार काण्डमा सरकार जरोसम्म नपुगेको र सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?