हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश लिन सेयरधनीलाई आग्रह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४/०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनीकाअनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?