महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिबास । महोत्तरीको भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन् । मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?