मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार

हिमालय टाइम्स
Read Time = 2 mins

भरतपुर । चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो । घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरुलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए ।

पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा पढ्दै आएका थिए । बालकलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रका अन्य होटलमा पनि बालमजदुर हुनसक्ने भएकाले अनुगमन अघि बढाइने उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य होटललाई पनि कडाइका साथ निर्देशन दिएका छौँ, अनुगमनमा जाँँदा बालमजदुर फेला परे होटल सञ्चालकलाई कारबाही गर्छौं ।”

कानुनअनुसार १८ वर्षभन्दामुनिका बालबालिकालाई कुनै पनि काममा लगाउनु दण्डनीय भएकाले यस्तो नगर्न उपाध्यक्ष सिलवालले सबै व्यवसायीलाई आग्रह गर्नुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?