काठमाडौं । इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रुपैयाँको सपिङ भौचर जित्न सफल हुनुभएको छ । इसेवाको मेगालिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा अधिकारी उक्त सपिङ भौचर जित्न सफल हुनुभएको हो ।
अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत् भाग्यशाली विजेता घोषित हुनुभएको कम्पनीले जनाएको छ विजेता अधिकारीलाई इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले उक्त सपिङ भौचर हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।
अधिकारी इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा उक्त उपहार जित्न सफल हुनुभएको हो । कम्पनीले भदौ २० देखि कात्तिक ३ गतेसम्म मेगालिंक मेनिया अफर सञ्चालन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच