एक साताका लागि राष्ट्रिय सभा बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुन पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो ।

उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?