कालीकोट । पलाता गाउँपालिका-२ सैनमा बिहीबार बेलुका मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
पलाता-९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ जाँदै गरेको कर्णाली प्रदेश क ०१६२ नम्बरको मिनीट्रक बालुवा लिएर जाने क्रममा सैनको उकालोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो । रिमालका अनुसार दुर्घटनामा अधिकांश महिला र बालबालिका घाइते भएका छन् ।
५ बालबालिकासहित ९ जना महिला र २ पुरुष घाइते छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको ट्रकमा १६ जना स्थानीय चढेका थिए । रिफर गरिएका घाइतेलाई पलाँता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकोप्टरका लागि पहल भइरहेको अध्यक्ष विष्णु रोकायाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच