लण्डन । एसेज सिरिजको पाँचौं तथा अन्तिम टेष्ट खेलको पहिलो दिन मै इंग्ल्याण्ड अलआउट भएको छ । द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले ५४.४ ओभरमा सबै विकेट गुमाएर पहिलो दिन नै २ सय ८३ रनमा अल आउट भयो ।
मिचेल स्टार्क र जोश हेजलवुडको सानदार बलिङ सामु इंग्ल्याण्डका ब्याटर धेरै समय टिक्नुभएन । इंग्ल्याण्डका ब्याटर हृयारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित ८५ रनको इनिङ्स खेल्नुभयो । यस्तै ओपनर ज्याक क्रली २२ र बेन डकेट ४१ बलमा ३ चौकासहित ४१ रन बनाउनुभयो ।
त्यसबाहेक मोइन अलीले ४७ बलमा ३ चौका र २ छक्कासहित ३४, जो रुट ५, बेन स्टोक्स ३ र जोनी बेयरष्टो ४ रनमा आउट भएपछि इंग्ल्याण्ड दोस्रो दिनसम्म टिक्न सकेन । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिनुभयो । यस्तै जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिनुभयो ।
लगत्तै ब्याटिङ सुरु गरेको अष्ट्रेलियाले उस्मान खवाजा ७५ बलमा २६ र मार्नस लाबुसेन २३ बलमा २ रन खेल्दै क्रिजमा हुनुहुन्छ । डेविड वार्नर २५ रनमा क्याच आउट हुनुभयो । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले यसअघि नै २-१ को अग्रता लिदै एशेज ट्रफी रक्षा गरिसकेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच