सुरेश र सरुको स्वरमा ‘निरमाया’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोक तथा देउडा गायक सुरेश शाही र गायिका सरु बोहराको स्वरमा रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ । गायक सुरेशकै शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वल्र्ड कभर मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको छ । भिडियोमा गायकगायिका शाही र बोहराले नै अभिनय गर्नुभएको छ ।

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा छायांकनमा रहेको भिडियोलाई लोकेश भाटले सम्पादन गर्नुभएको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्माण वल्र्ड कभर मिडियाले नै तयार पारेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?