चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही ।जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ ।

शनिबार दिउँसो १ः३० बजेतिर दर्के झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलकै ४५ वर्षीय अर्जुन पटेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनायो ।

चट्याङ लागेर भैँसी पनि मरेको छ । मृतक पटेलको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवातर्फ ल्याउन इलाका प्रहरी कार्यालय गडहीयाबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको डीएसपी दीपेन्द्र पंजियार थारुले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?