काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने टिप्पणी गर्नुभएको छ ।
कोशी प्रदेश सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाउनुभएको हो ।
भट्टराईले राप्रपातर्फ संकेत गर्दै घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा मध्यावधिमा जानुपर्ने सुझाव दिनुभयो ।
‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उहाँले भन्नुभएको छ, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच