खैरो हेरोइनसहित बाँकेबाट दुई युवक पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

बाँके । लागूऔषध खैरो हेरोइनसहित बाँकेबाट प्रहरीले दुई जना पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट खैरो हेरोइन करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित दु्ई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका ३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?