आइटिएफ तेक्वान्दो टोली भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदरावाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहनुभएको छ ।

प्रशिक्षकमा ईश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ हुनुहुन्छ । प्रतियोगितामा अञ्जन धमला, अञ्जु रावत, पुकार केसी, रूपसिंह तामाङ, राजेश बोलखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्नुहुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?