व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए फोन गर्नू : महानगरपालिका

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको पाइए ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक भवन तथा कार्यालयहरुले पार्किङ वापत शुल्क लिएमा महानरपालिकाको मोबाइल नम्बर ९८५१०५१६१० मा फोन गर्न समेत आग्रह गरेको छ ।

सो कार्यका लागि महानगरपालिकाले नगर प्रहरीका निरीक्षक धर्म भण्डारी सम्पर्क अधिकृत तोकेको छ ।

महानगरपालिकाले कुनै पनि व्यावसायिक भवन, कार्यालय, रेष्टुराँ, अस्पताललगायतलाई सेवाग्राहीबाट पार्किङ शुल्क नपाउने नियम लागू गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?