सदनको अवरोध खुलाउन सभामुख सक्रिय

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन सक्रिय बन्नुभएकाे छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उहाँले सदनको अवरोध अन्त्य गर्न आग्रह गर्नुभएकाे हाे ।

सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएकाे छ ।

उहाँले बानेश्वरमा मंगलबार मध्यान्ह १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभकाे हाे ।

यसअघि सोमबार पनि संसद्को अवरोध अन्त्य गर्ने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?