भोजपुरमा डेंगु विरुद्ध प्रहरीको सचेतना अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा दैनिक डेंगु रोगीहरुको संख्या बढी रहदाँ प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

स्थानीय स्तरका नागरिकहरुलाई डेंगु रोगको बारेमा जानकारी दिने उद्धेश्यका साथ बुद्धीजिबी, समाजसेवी र स्थानियको सहभागितामा जिल्लाका ग्रामीण क्षेत्रहरुमा डेंगु रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । समुदाय–प्रहरी साझेदारी अवधारण कार्यक्रम अन्तर्गत सचेता मुलक कार्यक्रम प्रहरीले गर्दे आई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

डेंगु नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मातहतमा पालिका स्तरमा रहेका युनिटहरुले गाउँ टोलमा सचेतना कार्यक्रमलाई निरन्तरता दिदै आएको प्रहरी प्रमुख थापा क्षेत्रीको भनाई रहेको छ । जिल्लामा दैनिक डेंगु संक्रमितको संख्यामा बृद्धि हुदै गई रहेको अवस्थामा सचेतना कार्यक्रम प्रभावकारी देखिने प्रहरीको भनाई रहेको छ ।

सचेतना अभियान अन्तर्गत डेंगु रोग, बच्न अपनाउनु पर्ने उपाय लगायतका बिषयहरुमा नागरिकलाई जानकारी दिन थालिएको हो । जनस्वास्थ्य समस्याकोरुपमा देखिएको डेंगु संक्रमणबाट भोजपुरमा ४० जनामा संक्रमित देखिएको छ । जसमा दुई जना गर्भवती महिला समेत रहेका छन ।
भोजपुर नगरपालिका भित्रका ३० जना, पौवादुङमा गाउँपालिकामा ६ जना, टेम्केमैयुङ गाउँपालिकामा २ जना र रामप्रसाद राई गाउँपालिकामा १ जना र उत्तर साल्पासिलिछो गाउँपालिकामा १ जना गरी ४० जनामा डेंगु संक्रमण देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?