कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाद्वारा दाबी पेश

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्दव थापाले पुनस् दावी पेश गर्नुभएको छ। कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभयो ।

उहाँले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्नुभएको छ ।

साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै पद बदर गरिदिएपछिप्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?