अधिवक्ता पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै भएकाे प्रदर्शनमा अश्रुग्यास प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दबाब दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रदर्शन गरेका छन्।

आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीलेकेही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

आन्दाेलन गर्न पुगेका तामाङ कलाकारहरुले  परिसरकाे कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेकाे छ । प्रर्दशनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?