कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मुख्यमन्त्री थापा मंगलबार नियुक्त हुनुभएको थियो ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उहाँको नियुक्ति बदर गरिदिएको थियो ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उहाँको समर्थनसहित बहुमत जुटाउँदै थापा मुख्यमन्त्री हुनुभएको हो ।

आजै मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको छ । उहाँसँगै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिनुभएको छ ।

यता थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?