सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेता कार्यकर्ता दोषी पाइएपनि कारबाही भोग्न तयार हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेता कार्यकर्ता संलग्न भएपनि कारबाही गर्ने बताउनु भयो ।

बिहीबार पनि जारी पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले प्रमाण भेटिए पार्टीका नेता समेतलाई कारबाही गर्ने बताउनु भएको हो ।

‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताउँदै छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताउनु भयो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?