सिटिजन्सका ग्राहकलाई क्रिमसनमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । दुवै संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?