जम्मु काश्मिर भीडन्तमा घाइते तीन भारतीय सैनिकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । जम्मू कश्मीरको कुलगाम जिल्लामा आतंकवादी र भारतीय सेनाबीच भिडन्त भएको छ ।

सोही क्रममा भिडन्तमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ ।  एक पुलिस अधिकारीले भने कि सुरक्षा बलहरूले आतंकवादीहरूको उपस्थितिको बारेमा सूचना पाएपछि दक्षिण कश्मीरको कुलगाम जिल्लाको हलान जंगल क्षेत्रको उच्च उचाइ क्षेत्रमा घेरा र खोज अभियान सुरु गरेको थियो।

आतंककारीहरूले सुरक्षा बलहरूमा गोली हानेपछि खोजी अभियान मुठभेडमा परिणत भएको उनले बताए। यस क्रममा सुरक्षा बलले जवाफी कारबाही गरेको थियो । गोली लागेर तीनजना सुरक्षाकर्मी घाइते भएको र तीनको उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताए ।

यसअघि प्रहरीले घाइते सैनिकलाई अस्पताल लगिएको जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?