सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता : युनिसेफ

रासस
Read Time = 2 mins

खार्तुम । सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको गम्भीर आवश्यकता रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ।

सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्।
यो सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो ।

“पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्ष मुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन् ।

अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।

सुडानमा २ करोड भन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ।

अप्रिल १५ मा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच युद्ध शुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८,४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?