नेपाल साहित्यिक पत्रकार संघद्वारा कुलपति राईलाई ज्ञापन पत्र

Read Time = 2 mins

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो ।

साथै, साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाईसमेत समेट्न प्रयत्नरत रहेको उहाँले बताउनुभयो । यस अवसरमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्यसचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, अगिब बनेपाली, राजन मुकारुङ, अमर न्यौपाने, डा.कौशिला रिसाल र हंसावतीकुमारी कुर्मीको उपस्थिति थियोे ।

यसक्रममा नेपाल साहित्यिक पत्रकार संघका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष बालिका गिरी, महासचिव चेतनाथ धमला, सचिव होमशंकर बास्तोला, कोषाध्यक्ष सूर्य लाकोजूले आ-आफ्नो धारणा राख्नुभएको थियो । संघका केन्द्रीय सदस्य डा.शैलेन्दु नेपाल, गायत्रीकुमार चापागाईं, अर्जुन तामाङ, नानीमैयाँ अधिकारी, डा. शैलेन्दुप्रकाश नेपाल, जगत वाशिष्ठलगायत केन्द्रीय सदस्यको उपस्थिति थियोे ।

यस प्रतिनिधि मण्डलमा साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला, लोकभावनाका प्रबन्धक रमणलालसमेतको सहभागिता थियोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?