पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

हिमालय टाइम्स
Read Time = 3 mins

इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

यसैबीच शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित आफ्नै घरबाट पक्राउ गरेको छ।

तोशाखाना मुद्दामा खानलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको जरिवाना त्यहाँको जिल्ला अदालतले सुनाएको छ।

इमरान खानको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ । खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए ।

के हो तोशाखाना प्रकरण ?

वास्तवमा, पाकिस्तानको कानून अनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबर रकम तिर्नुपर्नेछ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

पाकिस्तान तहरीक-ए-इन्साफ ९पीटीआई० पार्टीका प्रमुख खानलाई राज्य भण्डार, तोशाखानाबाट सहुलियत मूल्यमा प्राप्त भएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू किनेको र उनी प्रधानमन्त्री हुँदा नाफामा बेचेको आरोप लगाइएको छ। इमरान खानले आफ्नो आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरको ५८ उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए। पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा पनि परिवर्तन गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २।१५ करोडमा किनेका थिए र बेचेर ५।८ करोड रुपैयाँ नाफा कमाए। यी उपहारहरूमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू थिए। गत वर्ष अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोग ९भ्ऋए० ले बिक्रीको विवरण साझा नगरेकोमा उनलाई अयोग्य घोषित गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?