दीपक र सुष्मालाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । धावक दीपक अधिकारी र बक्सर सुष्मा तामाङले हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । हाम्रो खेलकुदले आफ्नो आठौँ वार्षिक उत्सवको अवसर पारेर वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मानित गरेको हो । वर्ष महिलातर्फ खेलाडी बक्सर सुष्मा तामाङ र पुरुषतर्फको उपाधि दीपक अधिकारीले जित्नुभएको हो । यी दुवैले नगद समान २५ हजार र ट्रफी प्राप्त गर्नुभएको छ । सुष्मा भने १९औँ एसियाली खेलकुदको तयारीका कारण देशबाहिर हुँदा उहाँका बुबा सानु तामाङले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

नेपालका दीपक अधिकारीले गत फागुनमा नेपालमा सम्पन्न १६औँ एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटर ऐतिहासिक स्वर्ण पदक जित्नुभएको थियो ।

एसियालीस्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वर्ण पदक जितेको यो पहिलोपटक थियो । उता सुष्माले थाइल्याण्डमा सम्पन्न एएसबिसी यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको न्यूनतम ४५ देखि ४८ केजी तौल समूहमा रजत पदक जित्नुभएको थियो ।
नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पुग्नु नै हालसम्मको सबैभन्दा ठूलो उपलब्धि थियो । एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जितेको यो पहिलोपटक थियो ।

गत वर्ष हाम्रो खेलकुदले सात सर्वकालीन खेलाडीलाई सम्मानित गरेको थियो । सात सर्वकालीन सम्मानमा क्रिकेटका पूर्वकप्तान पारस खड्का, साफ खेलकुदमा चार स्वर्ण जित्ने ओलम्पियन तेक्वान्दोका दिपक विष्ट, संगीना वैद्य, फुटबलका राजुकाजी शाक्य, खेलकुदको ज्यूँदो इतिहासका नायक बैकुण्ठ मानन्धर, आधुनिक नेपाली खेलकुदका पिता जितबहादुर केसी र कान्छी ओलम्पियन गौरिका सिंहलाई सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?