पार्टी बैठकमा सम्मानित नेता खनालकाे लिखित असन्तुष्टि : पार्टी माओवादी केन्द्रको पिछलग्गु बन्यो (पूर्णपाठसहित)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं।   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राख्नुभएको छ ।

सम्मानित नेता खनालले शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्नुभएको छ ।

नेता खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाउनु भएको छ। साथै उहाँले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

दस्तावेजमा उहाँले समाजवादी पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढेको आरोप लगाउनु भएको छ । साथै उहाँले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताउनु भएको छ ।

यस्तै नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिनुभएको छ । ‘यो एउटा गंभिर राष्ट्रिय मुद्दा थियो । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो । अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छौ’, खनालले भन्नुभएको छ, ‘तर जुन सर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलङ्क लगाउने काम गर्‍यो ।’

एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने बताउँदै उहाँले भन्नुभएको छ, ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।

साथै उहाँले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको बताउँदै भन्नुभएको छ ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भन्नुभएको छ, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’

विगत दुई वर्षको अनुभवहरूको निर्मम ढङ्गले समीक्षा गरेर गलत दृष्टिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गराउनुपर्ने भन्दै सही वैचारिक-राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली, कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाअधिवेशन यथाशीघ्र गर्नुपर्नेमा उहाँको जोड छ ।

पूर्णपाठ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?