किक बक्सिङ भदौ तेस्रो साता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता भदौ तेस्रो साता हुने भएको छ । प्रतियोगिता भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित प्यांगगाउँ खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६-६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६५, ७५ र खुला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । टिम च्याम्पियन बन्ने टोलीलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५-२५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै कराँते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किक बक्सिङ, फुल कन्ट्याक्ट कराँते र सात प्रदेशका राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउनेछन् ।

आयोजकले उपत्यकाबाहिरबाट आउने खेलाडीलाई खाना र आवासको व्यवस्था पनि गरेको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?