सर्पले डसेर बालकको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

विषालु करेत सर्पको डसाईबाट चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका छोरा वर्ष १२ का नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।

नुरसैद्द श्रीनगरस्थित मामाघरमा बसेर स्थानीय मदरसामा पढ्नुहुन्थ्यो । मामाघरमा राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुत्नुभएका बालकलाई सुतेकै ठाउँमा सर्पले डसेको स्थानीयले बताएका छन् ।

बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेका थिए । राति ११ बजेतिर सर्पले डसेपछि बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइयो । उपचार केन्द्रले यहाँ भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गर्यो ।

जनकपुरमा उपचारकै क्रममा बालकको मृत्यु भएको श्रीनगरका स्थानीय शरदसिंह कुशवाहाले जानकारी दिनुभयो । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटर र आइसियू सञ्चालन गर्न नसक्दा सर्पले टोकेपछि केही ढिलो गरी सिकिस्त अवस्थामा ल्याइएका यस्ता बिरामीको उपचार असम्भव हुने गरेको छ । बिरामीलाई यहाँबाट सुविधा सम्पन्न अस्पतालमा पठाउँदा अस्पताल पुर्याउँदासम्म मृत्यु हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?