प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित, भोलि ३ बजे बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर, ४ बजे पनि बस्न नसकेपछि मंगलबार अपरान्ह ३ बजे बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । सोमबार पनि सूचना टाँसेरै बैठक स्थगित गरिएको हो ।

सहमति जुटाउन भन्दै सभामुख घिमिरेसहित प्रमुख दलका शीर्षनेताहरुको बैठक सोमबार दुईपटक बसेको छ । तर, सहमति जुटिसकेको छैन।

यसअघि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?