यस्तो छ तपाईंको साउन २३ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २३ गते मंगलबार, ई.सं. ८ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष सप्तमी, ०९ः३३ बजेपछि अष्टमी, नक्षत्र-अश्विनी, ०७ः१७ बजेपछि भरणी, योग- गण्ड, करण- वव, चन्द्रराशि- मेष, सूर्योदय ५ः ३१, सूर्यास्तः १८ः४६ ।

मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

मिथुन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

तुला : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?