सर्लाहीमा नालाभित्र नवजात शिशुको शव भेटियो  

सांकेतिक तस्बिर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा नालाभित्र नवजात शिशुको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–९, स्थित ओम पेट्रोल पप्प नजिक नालाभित्र तैरिरहेको अवस्थामा भर्खरै जन्मिएको जस्तो देखिने नवजात शिशु (छोरा) को शव फेला परेको हो । गएसाँझ नालामा पानी घटेका बेला मृत अवस्थामा नवजात शिशु फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

ती शिशु अवैध सम्वन्धबाट जन्मिएर नालामा ल्याइ फालेको हुनसक्ने आशङ्का गरिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शिशुलाई नालामा ल्याएर फाल्नेको खोजी भइरहेको डीएसपी थारुले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?