काठमाडौं । स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार९असार १०० गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ ।
कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । निःशुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :