तेस्रो खेलमा भारतको पुनरागमन

Read Time = 2 mins

दिल्ली । भारतले तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली वेस्टइण्डिजलाई ७ विकेटले पराजित गरेको छ । यसअघि लगातार दुई खेल हारेको भारतले यस खेलमा पुनरागमनसँगै सिरिजलाई २-१ को स्थितिमा पुर्‍याएको छ ।

जितका लागि १६० रनको विजयी लक्ष्य पाएको भारतले १७. ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा सूर्यकुमार यादवले ४४ बलमा १० चौका र ४ छक्कासहित ८३ रन बनाउनुभयो । यस्तै, तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ रन तथा हार्दिक पाण्ड्याले १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा नटआउट पारी खेल्नुभयो ।

वेस्टइण्डिजका अल्जारी जोसेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । ओबेद म्याककोयले २ ओभरमा ३२ रन खर्चेर १ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । वेस्टइण्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित ४० रनमा नटआउट रहनुभयो । ओपनर ब्रेण्डन किंगले ४२ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाउनुभयो ।

अर्सदीप सिंह २५ रनमा क्याच आउट हुनुभयो । ब्रेण्डन किंग ४२ रनमा कट एण्ड बोल्ड आउट हुनुभयो । शिम्रन हेटमायर ८ बलमा १ चौकासहित ९ रनमा आउट हुनुभयो । भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो । अक्षर पटेल र मुकेश कुमारले समान एक विकेट लिनुभयो । चौथो खेल शनिबार र पाँचौँ खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?