पेरुको सुनखानीमा आगलागी हुदाँ २७ जनाको को मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

पेरु । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाकाे मृत्यु भएको छ ।

पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो । प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा बिद्युतिय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।

सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसकाअनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोटकाे आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।

प्रहरीले भने खानीमा भएको आगलागीमा परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?