सुनको भाउ घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सुनको भाउ लगातार चार दिन घटेको छ । यो ४ दिनमा सुनको भाउ भने १२ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः १०० र ३०० र १०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार  बिहीबमर छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?