कानून मन्त्री धनराज गुरूङ अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना हुनुभएको छ ।

बिहीबार बिहान मन्त्री गुरूङलाई एक्कासी असजिलो भएको थियो। अस्वस्थ्य भएपछि उहाँअन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुग्नुभएको थियो । उक्त अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको थियो ।

उहाँका स्वकीय सचिव प्रेम केसीका अनुसार परीक्षण गर्दा उहाँको मुटुको धड्कन कम र ब्लड प्रेसर पनि कम देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?