राष्ट्रपति र प्रधानमन्त्री बीच समसामयिक राजनीतिक विषयमा छलफल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गर्नुभयो । प्रधाानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किनुभएको थियो ।

प्रेस सल्लाहकार पोखरेलले भन्नुभयो, “प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन । आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिनुभयो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?