सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ ।

योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९/८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो । यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ । जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ ।

यो प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने छिट्टै प्रकाशित गरिने क्यापिटलले जनाएको छ। कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको यो योजनाले विगत ३ वर्षमा इकाइधनीहरुलाई ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?