प्रदेश छनोटमा परेका कराँते खेलाडीहरुको बन्द प्रशिक्षण सुरु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत प्रदेशका निम्ति छनोट भएका कराँते खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

२६ चैतमा भएको जिल्ला स्तरीय छनोटबाट प्रदेश स्तरीय छनोटमा परेका तीन महिला र तीन पुरुष गरी जम्मा छ जना खेलाडीको नेपाल सितोरियो कराँते संघ दिक्तेलको कभर्डहलमा २७ चैत देखि बन्द प्रशिक्षण सुरु भएको हो ।

महिला ४० केजी तौल समूह कुमितेमा यादमा राई (समावि दिक्तेल) ४५ केजी तौल कुमितेमा आयुष्मा राई (दिक्तेल अंग्रेजी आवासिय मावि) र ५० केजीतौल कुमितेमा निलम श्रेष्ठ (समावि दिक्तेल) बन्द प्रशिक्षणमा छन् ।

पुरुष ४२ केजीतौल समूह कुमितेमा सोनाम राई (समावि दिक्तेल), ४७ केजी तौल कुमितेमा दीपेश राई (महेन्द्रोदय मावि हलेसी) र ५२ केजी तौल कुमितेमा सुर्यचन्द्र राई (दिक्तेल अंग्रेजी आवासिय मावि) बन्द प्रशिक्षणमा रहेको कुमिते प्रशिक्षक मोतिचन्द्र राईले जानकारी दिनुभयो ।
बन्द प्रशिक्षणमा बसेका खेलाडीलाई बिहान साढे दुई घण्टा र साँझमा साँढे दुई घण्टा कुमितेको मोतिचन्द्र राई र काताको सुमन राईले प्रशिक्षण दिईरहेका छन् ।

जिल्ला खेलकुद विकास समितिको सिमित सहयोग र अन्य शुभेच्छुक तथा दाताहरुबाट सहयोग संकलन गरीखाने बस्ने, गुणस्तरीय पौष्टिक आहारासहित बन्द प्रशिक्षण गराईरहेको प्रशिक्षकहरुले बताएका छन् । बन्द प्रशिक्षण १० बैशाखसम्म हुनेछ ।

बन्द प्रशिक्षण सकेपछि गणस्तरीय खेलकुद सामाग्री र ट्रयाक व्यवस्थापन, प्रदेश प्रतियोगितामा जाने आउने यातायात खर्च तथा गाँसबाँसको सीमित सहयोग र अन्य शुभेच्छुक तथा दाताहरुबाट संकलन गरेको पैसाले व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको नेपाल कराते महासंघका केन्द्रीय सन्जयकुमार राईले बताउनुभयो ।

खेलाडीलाई प्रशिक्षण गराउन कभर्डहलको त्यस्तै समस्या छ । केन्द्रीय सदस्य राईले भन्नुभयो,‘यसैको बाबजुत भएपनि उत्कृष्ट नतिजा ल्याउने गरी तयारी गरिरहेका छौ ।’

यसैविच, बैशाख ११ गतेदेखि १३ गतेसम्म प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका खेलाडी प्रथम भएमा ५ हजार, दोश्रो भएका ३ हजार र तेश्रो भएमा २ हजार प्रोत्साहन स्वरुप पुरस्कार दिने करातेका अन्तराष्ट्रिय निर्णायक बिचारी तामाङले घोषणा गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?