एसियन कप खेलाउने बल सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कप-२०२३ खेलाउने आधिकारिक बल सार्वजनिक गरेको छ । केल्मी कम्पनीले बनाएको ‘भोर्टेक्स एसी २३’ बलमार्फत एसियन कप खेलाइने छ । एसियन कप अर्को वर्ष कतारमा हुनेछ । एसियन कपका लागि समूह विभाजन लगायत सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । एएफसी कपको आधिकारिक किट प्रायोजक केल्मी छ ।

बलमा आयोजक राष्ट्र कतारको रंग समावेश गरिएको छ । यस्तै बलको डिजाइनमा प्रतियोगिताको लोगोको झल्कोसँगै मुख्य लोगो बलको मध्यभागमा राखिएको छ । एसियन कप २० जनवरी देखि १० फेब्रुवरीसम्म कतारमा हुँदैछ । प्रतियोगितामा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई तथा उत्कृष्ट चार तेस्रो हुने टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

केल्मीले नेपालमा पनि विभिन्न खेलको राष्ट्रिय टोलीलाई प्रयोजन गर्दै आएको छ । यसअघि राष्ट्रिय फुटबल टोलीको समेत किट प्रायोजक रहेको केल्मी हाल ‘ए’ डिभिजनमा अधिकांश क्लबको रोजाइ रहेको छ । नेपालका लागि केल्मीको अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले एएफसीसँग आबद्धताले ब्राण्डलाई थप सहयोग पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?