नयाँ प्याकेजिङ र स्वादमा सिग्नेचर हिृवस्की

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सन् १९९४ मा स्थापित विश्व प्रसिद्ध हिृवस्की ब्राण्ड सिग्नेचरका दुई हिृवस्की सिग्नेचर प्रिमियर हिृवस्की र सिग्नेचर रेयर हिृवस्की नयाँ प्याकेजिङ र बोटलिङसाथ बजारमा आएका छन् ।

सिग्नेचरका अन्य पेयहरू नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतदेखि बिक्री हुँदै आएका छन् । सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यसपटक भने नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई हिृवस्कीलाई बजारमा भित्र्याएको जनाएको छ ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेय उपलब्ध गराउँदै आएको छ, जसमध्ये एन्टिक्य ट्री ब्लू हिृवस्की, सिग्नेचर प्रिमियर हिृवस्की, सिग्नेचर रेयर हिृवस्की, रोयल च्यालेन्ज हिृवस्की, स्मिरनफ भोड्का, ब्लुरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी हिृवस्कीलगायत रहेका छन् । नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ ।

हालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय सिग्नेचर प्रिमियर हिृवस्की र सिग्नेचर रेयर हिृवस्की एक लिटर, ७५०, ३७५ र १८० एमएलको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?