माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी  । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधवकुमार नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपूर्ण भएको बताउनु भएको छ ।

अदालतले नहुने बिषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहनुभएका भुसालले वास्तविक बिषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने बिषयमा समेत प्रश्न उठेको बताउनु भयो ।

'न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौँ ' मन्त्री भुसालले भन्नुभयो । यदपी छानविनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उहाँको भनाइ छ  ।

अध्यक्ष माधव नेपाललाई अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताउनु भयो । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको बताउँदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गर्नु.भयो ।

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताउनु भयो।

-बिशाल बस्नेत

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?