सर्लाही । आज बिहानपख भएको भारी वर्षाले सर्लाहीको गोडैता नगरपालिका–८, मा एक गरिब परिवारको घर भत्किएको छ । वर्षाको पानीले स्थानीय रामसेवक रायको खपडा र टालीले छाएको कच्ची घर भत्किएको हो ।
घर भत्किँदा राय परिवारको ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बस्ने घर भत्किएपछि पीडित परिवार बिचल्लीमा परेका छन् ।
जिल्लाको दक्षिणी भेगका ग्रामीण बस्तीमा ठूलो पानी पर्नासाथ गरिव तथा विपन्न वर्गका परिवार बस्ने कच्ची घर भत्किने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच