राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र बेच्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आठ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्दैछ ।

राष्ट्र बैंकले सरकारतर्फबाट विकास ऋणपत्रमार्फत् ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र आइतबार अपराहृन ३ बजेसम्म बोलकबोल हुनेछ भने सोमबार निष्कासन हुनेछ । विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले पनि खरिद गर्न सक्नेछन् भने ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइन्छ ।

राष्ट्र बैंकका अनुसार २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धीलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?