हाम्रो अर्घाखाँचीको अल्का (अर्घा)मा जन्मेका कालिदासको ‘रघुवंशम्’ महाकाव्यको एउटा सर्गमा भगवान् रामका पूर्वज राजा दिलिपको गौसेवाको वर्णन छ । राजा दिलिप प्रजापालक, तेजस्वी, दानप्रिय राजा थिए । उनको राज्यमा प्रजा अत्यन्त प्रसन्न रहन्थे । चोरी, डकैती आदि कुकर्म उनको राज्यमा हुँदैन्थ्यो । शत्रुहरूले उनको राज्यमाथि आँखा उठाएर हेर्न सक्दैनथे तर राजाका कुनै सन्तान नभएपछि उनी चिन्तित थिए । एक दिन आफ्ना राजगुरु महर्षि वशिष्ठलाई पुत्रप्राप्तिको उपाय सोध्न पत्नी सुदक्षिणासहित आदिगंगा कौशिकीतीरमा स्थित वशिष्ठको आश्रममा गए । वशिष्ठको पूजादि गरी उनको स्तुति गरेपश्चात् उनले आफू त्यहाँ आउनुको कारण बताए ।
वशिष्ठले उनलाई कामधेनु गाईकी पुत्री नन्दिनी गाई उनलाई दिँदै भने, यो गाईको सेवा तबसम्म गर जबसम्म यिनले तिमीलाई आशीर्वाद दिँदिनन् । यिनी तिम्रो सेवाबाट प्रसन्न भए तिमीलाई पुत्र प्राप्ति हुनेछ । बिहानपख सपत्नी स्नानादिपश्चात् राजा दिलिपले नन्दिनी गाईको पूजा अर्चना गरी, चन्दन, पुष्पमाला आदि पहि¥याई, उनले आफ्नो बाछालाई दूध पान गराइसकेपछि गाई लिएर वनतिर गए । यो हिमवत खण्डका आदि पुरुष वैवस्वत मुनिका सन्तान राजा दिलिपले उनीसँगसँगै आएका पत्नी सुदक्षिणा, अनुचर र अंगरक्षकहरूलाई बाटोबाटै फिर्ता गरी आफू गाई चराउन वनभित्र पसे ।
सिंह नन्दिनीलाई छोडेर दिलिपमाथि आक्रमण गर्न उद्यत् भयो । दिलिपले भुइँमा बसेर आफ्नो शिर तल पारे ताकि सिंहले उसलाई सजिलै खान सकोस् । त्यसै समय पुष्पवृष्टि भयो । नन्दिनीको मुखबाट आवाज आयो, हे पुत्र उठ । उनले शिर उचालेर हेरे । सिंह थिएन ।
उनी बाटामा नन्दिनीको देहमा बस्ने लामखुट्टेहरूलाई तृणको ग्रासले हम्केर भगाउँथे, नन्दिनीलाई नदीमा स्नान गराएपछि आफू पनि स्नान गर्थे, उनलाई पानी खुवाएपछि त्यही पानी आफू पनि खान्थे, दिनभरि नन्दिनीलाई चराइसकेपछि गाईलाई सँगै लिएर साँझपख दिलिप आश्रममा फर्किन्थे । आश्रममा आएपछि उनी र सुदक्षिणा मिलेर गाईको पूजा गर्थे, पुत्र प्राप्तिका लागि सुदक्षिणा नन्दिनीको सिङको पूजा गर्थिन् । त्यसपछि गुरु वशिष्ठको पाउ मालिस गरेपछि राजा दिलिप गोठमा आउँथे । दियो बालेर नन्दिनीको पछाडि बस्थे, नन्दिनी सुतेपछि आफू पनि नन्दिनीको पछाडि गोठमै सुत्थे, उनी उठेपछि आफू पनि उठ्थे ।
२२औं दिनमा नन्दिनी राजा दिलिपको परीक्षा लिन चर्न वनमा गएको बेला पार्वतीका पिता हिमालयको ओडारमा जान्थिन् । राजा दिलिप ओडारभित्र नन्दिनी गएको देखेपछि आफू मन्त्रमुग्ध भएर हिमाालय पर्वतको शोभा हेर्न थाल्थे । एक्कासि ओडारबाट एउटा चित्कार प्रतिध्वनित भएर उनको कानमा पुग्यो । राजा दिलिपले धनुषमा वाण चढाए । एउटा सिंहलाई श्वेतयुक्त रातो वर्णकी नन्दिनीमाथि विशाल काया भएको अग्लो भूमिमा उभिएको लोध्रवृक्ष जस्तो देखे । सिंहलाई मार्न वाण छोड्न खोज्दा औंलाबाट वाण नचली औंला स्थिर भयो । सिंहले भने, हे पृथ्वीलाई पालन गर्ने राजन दिलिप ! ममाथि प्रहार गर्नु व्यर्थ हो । अतः रहन दिनुस् ।
ममाथि चलाएको अस्त्र त्यसरी नै व्यर्थ हुनेछ जसरी वृक्षहरूलाई उखेल्ने शक्ति राख्ने पवनको बेग पर्वतमा व्यर्थ हुन्छ । हे राजन ! कैलाश पर्वततुल्य श्वेत साँढेमात्र चढ्ने इच्छा गर्ने आठ (पृथ्वी, आकाश, जल, तेज, वायु, सूर्य, चन्द्र सोमयाजी छन्) मूर्तिहरू जसको यसरी शिवजीको चरण राख्ने रूप अनुग्रहले पवित्र पिठ्यु भएको निकुम्भ (शिवजीको गणको मित्र कुम्भोदर मेरो नाम हो । शिवजीले पुत्रभाव राख्ने देवदारको वृक्ष जुन वृक्ष देखिराख्नुभएको छ त्यसको रक्षा गर्न शिवजीले मलाई सिंंह रूपमा यहाँ राख्नुभएको हो । उहाँले मलाई वरदान दिँदै भन्नुभएको थियो, जुन प्राणीलाई तिमीले सर्वप्रथम देख्छौ त्यसलाई आफ्नो भोजन बनाउनु । मैले सर्वप्रथम यो गाईलाई देखेकोले यी गाई अहिले मेरो भोजन हुन् ।
उनले सम्झाउँदै राजालाई भने, तिमी द्विविदामा नपर । तिमीलाई गाई बचाउन नसकेको पाप लाग्ने छैन । महर्षि वशिष्ठलाई यस गाईको सट्टा सय गाई दिने सामर्थ तिमीमा छ । राजा दिलिपले आफू र गौमातासँगै आएकोले तिमीले मलाई खाएर यिनलाई छाडिदेऊ भने । सिंह र राजा दिलिपको बीचको संवाद लामो छ । सारांशमा सिंह नन्दिनीलाई छोडेर राजा दिलिपमाथि आक्रमण गर्न उद्यत भयो । राजा दिलिपले भुइँमा बसेर आफ्नो शिर तल पारे ताकि सिंहले उसलाई सजिलै खान सकोस् । त्यसै समय विद्याधर नामक देवयानीको हातबाट पुष्पवृष्टि भयो । नन्दिनीको मुखबाट आवाज आयो, हे पुत्र उठ । उनले शिर उचालेर हेरे । सिंह थिएन ।
अगाडि नन्दिनी थिइन् । नन्दिनीले उनको परीक्षा लिन मायावी सिंह उत्पन्न गरेकी थिइन् । यसपछि दिलिपले आफ्नी पत्नी सुदक्षिणाबाट बंशवृद्धि गर्ने कीर्तिशाली पुत्रकोे कामना गरे । नन्दिनीले भनिन्, हे पुत्र, एउटा दुनामा तिमी मेरो दूध थापेर खाऊ पुत्र प्राप्ति हुन्छ । तर, दिलिपले मानेनन्, उनले भने, पहिला बाछोले पेटभरि तिम्रोे दूध खाइसकेपछि होमका लागि दूध राखेर तिमीलाई पालन गर्ने पृथ्वीमातालाई छैठौं भाग अर्पण गरेर ऋषि वशिष्ठको आज्ञाले खानेछु । उनीबाट नन्दिनी प्रसन्न भई ओडारबाट निस्केर दिलिपसँगै आश्रमतिर निस्किन् । भनेअनुसार उनले दूध खाए र भोलिपल्ट ऋषि वशिष्ठलाई प्रणाम गरी ऋषि, यज्ञकुण्ड, नन्दिनी र बाछोको प्रदक्षिणा गरी राजा दिलिप पत्नी सुुदक्षिणासहित अयोध्यापुरी फर्के । गौमाताको आशीर्वादले उनका पुत्ररत्न रघुको जन्म भयो ।
सन् १९६९ मा रिलिज भएको इरानी फिल्म ‘द काउ’को कथावस्तु पनि रघुवंशम् महाकाव्यसँग मिल्दोजुल्दो छ । यो फिल्म शाह मुहम्मद रजा पहेलवीको शासनकालमा बनेको थियो । त्यसबेला शाहले इरानलाई पनि युरोप, अमेरिकाजस्तो आधुनिक बनाउन लागेका थिए । शहर र शहरी वातावरण आधुनिकीकरण भए तापनि ग्रामीण जीवन पिछडिएको र कष्टकर नै थियो । इरानी ग्रामीण समाज गरिबी र कुपोषणसँग जुधिरहेको थियो । सरकारको सहायताले यो फिल्म बनाउन निश्चय गरियो । जसद्वारा एउटा किसानले गाईप्रति गहिरो स्नेह देखाउन सकोस् । फिम्मका निर्देशक आरिउस महर्जुईले गाउँलाई समृद्ध देखाउन त्यहाँ घरहरूमा सेतो रङ पोत्नुपरेको थियो भनेका छन् ।
प्राचीन इरानी समाजमा र हाम्रो समाजमा गौमाताको स्थान मातासरह नै छ तर आज यहाँ गाई काटेर खाँदा राज्य मुकदर्शक बन्छ । हुन त कसैले गौमातासँगको प्रेमलाई बोनथ्रोपी बिमारी भन्लान् तर हामी सनातन धर्मावलम्बीहरूका लागि यो चेतनाको उच्चतम विकास हो बोनथ्रोपी बिमार होइन ।
यस फिल्ममा सबै ग्रामीण थकित, निराश देखिन्छन् । यो गाउँको एउटा किसान मष्टो हसन गाउँका बालबालिकाले दूध खान पाऊन् भनेर एउटा गाई किनेर ल्याउँछन् । गाई ल्याउँदा बाटाको पोखरीमा गाईलाई पानी ख्वाउँछन् र गाईलाई ख्वाएको पानी आफू पनि खान्छन्, गाईलाई नुहाइदिन्छन् र त्यही पानीले आफू पनि नुहाउँछन् । गाईलाई ल्याएर गोठमा बाँधेपछि उसलाई मुसार्ने, घाँस ख्वाउने, गाईले घाँस खाँदा आफू पनि गाईसँग जिस्किँदै घाँस खाने गर्छन् । राती काम्लो ल्याएर गाईको छेउँमै सुत्छन् । लाल्टिन बालेर गोठमा झुण्ड्याउँछन् । गाईलाई मच्छरले टोक्यो भनेर बेलाबेलामा हेर्छन् र गाईलाई मुसार्छन् । जबसम्म गाई निदाउँदैन आफू पनि निदाउँदैनन् ।
उनी निःसन्तान छन् तर आफ्नो सारा माया ती गाईलाई दिन्छन् । गाई ब्याउने भएपछि सामान ल्याउन उनी बजार जान्छन् । बजार जाँदा उनले परिवार तथा गाउँलेहरूलाई गाईको हेरविचार गर्न भन्छन् । उनलाई शंका हुन्छ कसैले उनको गाईको हत्या गर्नेछ । त्यो गाउँमा उनीसँग मात्रै गाई हुन्छन् । गाउँलेहरूले पनि उनलाई आश्वस्त पार्छन् कि उनीहरूले उनको गाईको हेरविचार गर्नेछन् । उनी गएको रात कसैले गाईको घाँटी रेटेर हत्या गर्छ र गाउँलेहरूले यो कुरा थाहा पाएपछि गाउँको इनार छेउ खाल्डो खनेर गाईलाई गाड्छन् । गाउँकी धामी वृद्धाले गाईको आत्माको चिरशान्तिका लागि मन्त्रोच्चारण गर्दै चामल छर्किन्छिन् ।
गाउँलेहरू पनि गाईको आत्माको शान्तिका लागि प्रार्थना गर्छन् । गाईको हत्याले सम्पूर्ण गाउँ शोकमग्न हुन्छ । गाउँको एकजना पाको मान्छ गाउँलेहरूलाई सम्झाउँदै भन्छन्, गाई मरेको कुरा हसनलाई नभन्नु नत्र ऊ बौलाउनेछ । सबैलाई गाई भागेको भन्नू भन्छन् । गाउँमा एउटा पागल पनि हुन्छ उसलाई पनि सम्झाउँछन् तर उसको विश्वास नलागेकोले उसलाई बाँधेर एउटा घरमा थुनेर राख्छन् । हसन खुशी हुँदै घर आएर केही नखाई गोठमा जान्छ, त्यहाँ गाई हुँदैन । ऊ बाहिर आएर मेरो गाई खोइ भन्छ । गाउँलेहरू गाई भाग्यो भन्छन् । ऊ भन्छ, मेरो गाई मलाई छोडेर जानै सक्दिन ।
हसनको अवस्था पागलजस्तो हुन्छ । ऊ गोठमै सुत्छ, डुँडमा गाईकै जस्तै मुख गाडेर घाँस खान्छ, परिवार तथा गाउँलेले दिएको खाने कुरा खाँदैन, उनीहरूलाई देखेपछि ऊ तर्सिंदै गाई कराए झैँ कराउँदै भाग्छ, आफ्नो घाँटीमा गाईको घाँटीमा झुण्ड्याएको घण्टी बाँध्छ, आफ्नो घाँटीमा दाम्लो बाँधेर गाई बाँध्ने खुटीमा आफूलाई बाँध्छ । अन्त्यमा, गाउँलेहरू उसलाई बाँधेर डाँडातिर लग्छन् । ऊ डाँडामा पुगेपछि गाई जहाँ आएर अडिन्थ्यो त्यहीँ अडिन्छ, त्यहाँबाट अगाडि बढ्न चाहँदैन । एकजना गाउँलेले उनलाई लट्ठीले पिट्छ, तैपनि ऊ अगाडि बढ्दैनन् । ऊ आँखा चिम्लेर आनन्दले सोच्छ, बल्ल म गाईमा एकाकार भएँ, पछि त्यो मानिसले उसलाई भकुर्छ ।
हसन बल लगाएर डोरी तानेर गाई कराए झैँ कराएर दगुर्छ र डाँडाबाट पानी जम्मा भएको खाडलमा उँधो मुन्टो लगाएर पछारिन्छ र मर्छ । फिल्ममा हसनलाई ठीक पार्न टुनामुना गरिन्छ । फिल्मका कलाकारहरूको गेटअप हेर्दा हाम्रो कर्णाली अञ्चलका मानिसहरूको पहिरनसँग मिल्दोजुल्दो छ, लोग्नेमानिसहरू पनि पटुका बाँध्छन् । हाम्रो उपनिषद्को कथा अनुसार सत्यकाम गाईहरू चराएर गुरुकुल फर्केपछि गाई गनिसकेपछि भन्छन् पूरै एक हजार गौमाता हुनुहुन्छ । तर, गुरु भन्छन् एक हजार एक हुनुपर्ने हो । यो सुनेपछि स्वयं आफैं गाई बन्छन् । प्राचीन इरानी समाजमा र हाम्रो समाजमा गौमाताको स्थान मातासरह नै छ तर आज ख्रिष्टान र मुस्लिमहरूले यहाँ गाई काटेर खाँदा राज्य मुकदर्शक बन्छ, धर्मनिरपेक्षताको नाममा ।
हुन त कसैले गौमातासँगको प्रेमलाई बोनथ्रोपी बिमारी भन्लान् तर हामी सनातन धर्मावलम्बीहरूका लागि यो चेतनाको उच्चतम विकास हो, बोनथ्रोपी बिमारी होइन । आज पनि गाउँघरमा पशुहरूसँग मानिसहरू कुराकानी गर्छन्, अगाध प्रेम गर्छन् । गौवध विरुद्ध कानुन छ तर सत्ता नै कृष्ण नभएर क्राइष्ट भएपछि गौको रक्षा कसले गर्ने ? अहिले हिन्दुराष्ट्रको नारा बुलन्द भइरहेको छ तर क्राइष्टका अनुयायीहरूको सत्तामा कृष्णको कुनै कदर हुँदैन । यसका लागि राजतन्त्रात्मक व्यवस्था नै चाहिन्छ । किनकि, हाम्रा पुराणहरू साक्षी छन् गौमाताको रक्षा जहिले पनि राजाहरूले नै गर्नेगरेका छन् । आ-आफ्ना स्वार्थका कारण राजसंस्था पुनस्र्थापनाको आन्दोलनको हरिविजोग छ । समर केवल समरांगनमा लडिँदैन, लडिन्छ हठ, कर्मठता, दृढता र स्वयंसैन्यबलले व्याप्त एकताको धरातलमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच